सदस्यताको लागि सूचना
नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को मिति २०८१ असार ३० गते बसेको बैठकले पन्धौ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन २०८१ भदौ २९ गते गर्ने निर्णय भए अनुसार यस संस्थाको विधान वमोजिम नयाँ साधारण सदस्यता प्राप्त गर्न चाहनेहररुले र सदस्यता प्राप्त गरेका साधारण सदस्यज्यूहरुले आवश्यक कागजात सहित २०८१ साउन २० गते मिति भित्र फाराम भरी सदस्यता लिन र नविकरण गर्न हुन सबैमा जानकारीको लागि यो सुचना जारी गरिएको व्यहोरा अनुरोध छ।
आवश्यक कागजातहरु
- अपाङ्गताको परिचय पत्र
- पासपोट साइजको फोटो
- दस्तुर भुक्तानी गर्नु भएको भौचर
वार्षिक साधारण सभा र साधारण सदस्या नामावली प्रकाशन सुचना
सुचना ! सुचना !! सुचना !!!
मिति :- २०८१ /०३ /३१ गते
प्रस्तुत विषयमा नेपाल आदिवासी जनजाति अपाङ्ग संघ अपाङ्गता भएका आदिवासी जनजातिहरुको व्यक्तिगत मानव अधिकार तथा समूहिक अधिकारको बहस पैरवी गर्ने उद्देश्यले स्थापित भएको अपाङ्गता भएका आदिवासी जनजातिहरुको साझा संस्था हो । यो संस्था नेपाल आदिवासी जनजाति महासंघ सम्बन्धन सदस्य संस्था Asia Indigenous Peoples Pact (AIPP) सदस्य संस्था र राष्ट्रिय अपाङ्ग महासंघ सदस्य सदस्य संस्थाको रुपमा क्रियासिल रहेको छ ।
नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को मिति २०८१ भदौ १८ गते बसेको बैठकले पन्धौ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन २०८१ भदौ २९ गते गर्ने निर्णय भए अनुसार यस संस्थाको सदस्याता नविकरण तथा नयाँ साधारण सदस्यता प्राप्त गरेका तपसिल उल्लेखित सदस्यज्यूहरुले निम्न स्थान र समय वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनमा सहभागि हुन सबैमा जानकारीको लागि यो सुचना जारी गरिएको व्यहोरा अनुरोध छ।
तपशिलस्थानः- एन्जल लर्ड सेकेण्डरी हाई स्कुल , कोटेश्वर ३२ , हिमाली मार्ग
मिति:- २०८१ भदौँ २९ गते
समयः- दिउसो १ देखी ५ बजे सम्म
आ.व. २०८१/८२ को सदस्याता नविकरण तथा नयाँ साधारण सदस्यता प्राप्त प्रकाशित नामावली हेर्नुहोस।