सदस्यता वितरण तथा नवीकरण सम्बन्धी सूचना
प्रकाशित मिति: २०८३/०४/१४
आवेदन अवधि: २०८३ साउन १४ गतेदेखि २०८३ भदौ १५ गतेसम्म
नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) का सम्पूर्ण सदस्यहरू तथा सदस्यता लिन इच्छुक अपाङ्गता भएका आदिवासी जनजाति समुदायका व्यक्तिहरूलाई यसै सूचनामार्फत जानकारी गराइन्छ कि संस्थाको विधान तथा मिति २०८३ साउन १३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार नयाँ साधारण सदस्यता वितरण तथा सदस्यता नवीकरण प्रक्रिया खुला गरिएको छ।
नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) अपाङ्गता भएका आदिवासी जनजातिहरूको व्यक्तिगत मानवअधिकार तथा सामूहिक अधिकारको संरक्षण, प्रवर्द्धन र बहस–पैरवी गर्ने साझा संस्था हो। NIDA नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) को सम्बन्धन सदस्य, Asia Indigenous Peoples Pact (AIPP) को सदस्य तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सदस्य संस्थाका रूपमा क्रियाशील रहेको छ।
सदस्यता शुल्क
- नयाँ साधारण सदस्यता: रु. २००/-
- सदस्यता नवीकरण: रु. १००/-
आवेदन प्रक्रिया

- यस पृष्ठमा उपलब्ध NIDA Membership Form को QR Code Scan गर्नुहोस् वा Google Form Link: NIDA Membership Form मा क्लिक गरी आवेदन फाराम भर्नुहोस्।
- फारमा उपलब्ध QR Code मार्फत सदस्यता शुल्क जम्मा गर्नुहोस्।
- आवेदन फारामसँग निम्न कागजातहरू संलग्न गरी पेश गर्नुहोस्:
- शुल्क भुक्तानी गरेको भौचर
- अपाङ्गता परिचयपत्रको प्रतिलिपि
- पासपोर्ट साइजको फोटो
महत्त्वपूर्ण सूचना
- आवेदन तथा सदस्यता नवीकरण २०८३ भदौ १५ गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ।
- तोकिएको मितिपछि प्राप्त आवेदनहरू संस्थाको प्रचलित नियमअनुसार मात्र विचार गरिनेछ।
थप जानकारीका लागि:
नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA)
📍 नरेफाँट, जरिबुटी–३२, काठमाडौं
📧 nidanepal2009@gmail.com
सदस्यताको लागि सूचना
नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को मिति २०८१ असार ३० गते बसेको बैठकले पन्धौ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन २०८१ भदौ २९ गते गर्ने निर्णय भए अनुसार यस संस्थाको विधान वमोजिम नयाँ साधारण सदस्यता प्राप्त गर्न चाहनेहररुले र सदस्यता प्राप्त गरेका साधारण सदस्यज्यूहरुले आवश्यक कागजात सहित २०८१ साउन २० गते मिति भित्र फाराम भरी सदस्यता लिन र नविकरण गर्न हुन सबैमा जानकारीको लागि यो सुचना जारी गरिएको व्यहोरा अनुरोध छ।
आवश्यक कागजातहरु
- अपाङ्गताको परिचय पत्र
- पासपोट साइजको फोटो
- दस्तुर भुक्तानी गर्नु भएको भौचर
वार्षिक साधारण सभा र साधारण सदस्या नामावली प्रकाशन सुचना
सुचना ! सुचना !! सुचना !!!
मिति :- २०८१ /०३ /३१ गते
प्रस्तुत विषयमा नेपाल आदिवासी जनजाति अपाङ्ग संघ अपाङ्गता भएका आदिवासी जनजातिहरुको व्यक्तिगत मानव अधिकार तथा समूहिक अधिकारको बहस पैरवी गर्ने उद्देश्यले स्थापित भएको अपाङ्गता भएका आदिवासी जनजातिहरुको साझा संस्था हो । यो संस्था नेपाल आदिवासी जनजाति महासंघ सम्बन्धन सदस्य संस्था Asia Indigenous Peoples Pact (AIPP) सदस्य संस्था र राष्ट्रिय अपाङ्ग महासंघ सदस्य सदस्य संस्थाको रुपमा क्रियासिल रहेको छ ।
नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को मिति २०८१ भदौ १८ गते बसेको बैठकले पन्धौ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन २०८१ भदौ २९ गते गर्ने निर्णय भए अनुसार यस संस्थाको सदस्याता नविकरण तथा नयाँ साधारण सदस्यता प्राप्त गरेका तपसिल उल्लेखित सदस्यज्यूहरुले निम्न स्थान र समय वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनमा सहभागि हुन सबैमा जानकारीको लागि यो सुचना जारी गरिएको व्यहोरा अनुरोध छ।
तपशिलस्थानः- एन्जल लर्ड सेकेण्डरी हाई स्कुल , कोटेश्वर ३२ , हिमाली मार्ग
मिति:- २०८१ भदौँ २९ गते
समयः- दिउसो १ देखी ५ बजे सम्म
आ.व. २०८१/८२ को सदस्याता नविकरण तथा नयाँ साधारण सदस्यता प्राप्त प्रकाशित नामावली हेर्नुहोस।
